
काठमाडौं । जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गर्ने भएका छन् ।
अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेर समूहका १२ खेलाडी सहभागी हुने छन् ।
यु –१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् । यु –१७ को पुरुषमा सुविन श्रेष्ठ र सुदीप राई तथा महिलामा रिहाना शेरचन र दिलासा थापाले खेल्ने छन् ।
यु –२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रसिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

























