काठमाडौंमा खुला फुटसल खेलाउँदै ‘होप फर अल’ 

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १८:५९

काठमाडौं । ‘होप फर अल’ले काठमाडौंमा खुला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘होप फर अल’ युवाहरूलाई सकारात्मक क्रियाकलापमा लाग्न सचेतनामुलक कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको संस्था हो ।

लागुऔषध दुरुपयोग तथा मद्यपानको हानिकारक असरबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं र बाहिरका प्रतिभाशाली युवा खेलाडीहरूको सहभागितामा भदौ २० गते फुटसल आयोजनाको तयारी गरिएको संस्थाका उपाध्यक्ष मुकेश कार्कीले जानकारी दिए । 

फुटसल खेल संयोजकसमेत रहेका कार्कीका अनुसार खेल ब्रदर्स फुटसल मुलपानी, काठमाडौंमा हुनेछ । नकआउटका आधारमा खोलाइने उक्त खेलमा जुनसुकै स्थानका कलेज, खेल क्लब र समुदायका युवाले टिम दर्ता गर्न पाउनेछन् । 

खेलको विजेता टिमले १ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३० हजार पाउने आयोजकले जनाएको छ । विशेष पुरस्कारका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि सम्मान गरिनेछ । 

कार्कीका अनुसार ‘होप फर अल’ (सबैको लागि आशा) गैर–नाफामूलक संस्था हो । यसले लागुऔषध र मदिरापानको बढ्दो चुनौतीसामु स्वस्थ्य र सशक्त समाज निर्माणको लागि काम गर्दै आएको उनले बताए ।

युवा र समाज सुधारका विभिन्न कार्यक्रमहरू विद्यालय, कलेज र समाजसम्म पुर्याउन सचेतना अभियान, अन्तरक्रियात्मक कार्यशाला र सिप विकास गतिविधिहरूमा यो संस्था सक्रिय रहेको जानकारी कार्कीले दिए । यसपटक भने खेलकुदको माध्यमबाट युवा र खेलाडीमाझ पुग्न फुटसलको आयोजना गरिएको उपाध्यक्ष तथा फुटसल खेलका कार्यक्रम संयोजक कार्की बताउँछन् । 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.