संखुवासभामा बढ्याे स्क्रब टाइफस र डेंगु सङ्क्रमितकाे संख्या

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २९, बिहीबार ०८:१५

संखुवासभा । संखुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेंगी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ ।

अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेंगी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।

स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×