मोरङ उद्योग व्यापार संघले गभर्नरलाई सुझावपत्र बुझायो

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार ०८:४०
मोरङ उद्योग व्यापार संघले गभर्नरलाई सुझावपत्र बुझायो

विराटनगर । मोरङ उद्योग व्यापार संघले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई निजी क्षेत्रको हकहित र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा व्यवस्थापकीय कदमहरूका सम्बन्धमा सुझावपत्र बुझाएको छ ।

संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, वाणिज्य उपाध्यक्ष अनिल सारडासहितको उद्योगी –व्यवसायी टोलीले विराटनगरस्थित राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी गभर्नर पौडेललाई सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष राठीले निरन्तर २ वर्ष घाटामा देखिएका उद्योग / व्यवसायका ऋण र ब्याजदरमा सहजता प्रदान गर्न, ‘बुक लस’ भन्दा ‘क्यास लस’ लाई मान्यता दिन, डेब्ट –इक्वीटी अनुपात मिलेका प्रतिष्ठानको ऋणलाई खराब कर्जामा वर्गीकरण नगर्न आग्रह गरेका छन् ।

साथै, उद्योग / व्यवसायको कारोबार र प्रवृत्तिका आधारमा ६० प्रतिशतसम्म चालु पुँजी कर्जा सहज रूपमा उपलब्ध गराउनुपर्ने, निर्यातकर्ताका लागि आर्जन गर्ने विदेशी मुद्राको विनिमय दरमा ३ देखि ५ प्रतिशत थप रकम उपलब्ध गराउनुपर्ने, उद्योग / व्यवसाय क्षेत्रलाई बैंकिङ कारोबार गर्न बाधा नपर्ने गरी बैँकहरूको वार्षिक बिदा अधिकतम १३ दिन कायम गर्नुपर्ने लगायतका सुझाव प्रस्तुत गरे ।

सुझावपत्र ग्रहण गर्दै गभर्नर पौडेलले प्रस्तुत विषयहरू सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै गृहकार्य गरी यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.