
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । तोलाको सुन ६ सय र चाँदी २५ रूपैयाँले घटेको हो ।
भाउ घटेसँगै सुन प्रतितोला १ लाख ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख ९६ हजार ८ सय रूपैयाँ थियो ।
यस्तै, भाउ घटेर चाँदीको मूल्य तोलाको २ हजार ३ सय १५ रूपैयाँ कायम भएको छ । बिहीबार तोलाको २ हजार ३ सय ४० रूपैयाँ थियो ।

























