
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्य घटेको हो ।
सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुनको मूल्य तोलाको १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएको छ । गत शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय थियो ।
त्यस्तै, चाँदी तोलामा ५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १० रूपैयाँ कायम भएको छ । शुक्रबार तोलाको २ हजार ३ सय १५ रूपैयाँ थियो ।

























