
विराटनगर । विराटनगरमा जारी १४ वर्षमुनिको बिकेभिएम कप फुटबल प्रतियोगिता आयोजक बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) विजयी हुँदै सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताको समूह ‘बी’को खेलमा आयोजकले ग्रिनल्याण्ड सेकेन्डरी स्कुललाई १०–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
बिकेभिएमको एकोहोरो जितमा रोजन पाण्डेले ४ गोल गरे भने स्पर्श मगरले २ गोल, श्रीयुग कट्टेल, फरहान हविब, राकेश यादव र सारंश नेपालले समान १–१ गोल गरेका थिए ।
त्यस्तै, सोही समूहअन्तर्गत दोस्रो खेलमा डिएभी स्कुलले अर्पण सेकेन्डरी स्कुललाई २–० गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

























