
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा एनपीएल आयोजना गर्ने छ । क्यानका प्रवक्ता छुम्बी लामाले मंसिरमा एनपीएलको दोस्रो संस्करण सम्पन्न हुने बताए ।
पहिलो संस्करणअन्तर्गतको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो । जनकपुर बोल्ट्सले उपाधि कब्जा गरेको थियो ।

























