
विराटनगर । नेपाल फुल कन्ट्याक्ट कराँते संघ मोरङको अध्यक्षमा गोपाललाल सिंह निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शुक्रबार भएको संघको भेलाले सिंहको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रताप अधिकारी, सचिव राजाबाबु मण्डल र कोषाध्यक्षमा गीताकुमारी मगर चयन भएका हुन् ।
त्यस्तै, सदस्यमा राजदीप जोशी, उरुषा साह, रोशनकुमार मण्डल, कुलप्रसाद खतिवडा, मो.शेहराज कुरैसी चयन भए । नयाँ कार्य समितिको सल्लाहकारमा मनोजकुमार खड्का र रघुवीर लिम्बू चयन भएका छन् ।

























