
विराटनगर । कोशी प्रदेश ब्याडमिन्टन संघको अध्यक्षमा भोगेन्द्र थापा निर्विरोध निर्वाचित भएका छन् ।
धनकुटाको हिलेमा सम्पन्न भएको प्रथम अधिवेशनले धनकुटाका थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा शैलेन्द्र कुरुम्वाङ (झापा), उपाध्यक्ष दीपक राई (खोटाङ), सचिव विकास श्रेष्ठ (मोरङ) र कोषाध्यक्ष मन्तबहादुर तामाङ (सुनसरी) लाई निर्विरोध चयन भए ।
त्यस्तै, सदस्यमा एलपी साँवा (झापा), डिल्ली नेपाल (तेह्रथुम), रिन्जे गुरुङ (मोरङ) र गोविन्द खत्री (धनकुटा) चयन भएका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले असारमा प्रदेशको तदर्थ समिति बनाएपछि पहिलो पटक धनकुटामा अधिवेशन गरी नयाँ समिति बनाएको हो ।

























