
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । चाँदीको भने बढेको छ ।
सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ घटेसँगै सुन प्रतितोला १ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार मूल्य १ लाख ९७ हजार ५ सय रूपैयाँ थियो ।
यता चाँदीको मूल्य भने तोलाको ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी २ हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार मूल्य प्रतितोला २ हजार ३ सय ५० रूपैयाँ थियो ।

























