समुदायस्तरमै फैलियो हैजा : संक्रमितको संख्या ७९ पुग्यो

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ९, सोमबार १४:०३

पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा (कोलेरा) समुदायस्तरमै फैलिएको पुष्टि भएको छ । तर, यसको वास्तविक स्रोत भने अझै पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि विभिन्न वडामा लगातार नयाँ संक्रमित भेटिइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म संक्रमितको संख्या ७९ पुगिसकेको छ । सोमबार थप ८ जना नयाँ संक्रमित थपिएको उनले बताए ।

अहिले विभिन्न अस्पतालमा १ सय ३ जना बिरामीको उपचार भइरहेको छ । ठाकुरका अनुसार वीरगञ्जको पानीका नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको छ । सोमबारभित्रै प्रारम्भिक रिपोर्ट आउने र सम्भावित स्रोतको पहिचान हुने अपेक्षा गरिएको उनले बताए ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हैजाका बिरामी मात्रै नभई अन्य बिरामीको चापका कारण अस्पतालको क्षमता नाघिसकेको छ । उनले भने, ‘हामीसँग बेड र जनशक्ति दुवै अभाव छ । अस्पतालमा हैजाका ३० जना बिरामी भर्ना भएका छन् ।’

पर्याप्त जनशक्ति र साधनस्रोत नहुँदा व्यवस्थापन गर्न गाह्रो भइरहेको उनले बताए । यसरी समुदायमै हैजाको संक्रमण फैलँदा स्थानीय त्रसित बनेका छन् । अस्पतालहरू बिरामीले भरिएका छन् । स्रोत नखुलेसम्म संक्रमण नियन्त्रणमा समस्या हुने चिकित्सकहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×