
काठमाडौं । ‘प्रि–आईपीओ’ को नाममा सेयर किनबेच नगर्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले ‘प्रि–आईपीओ’को नाममा किनबेच नगर्न आग्रह गरेको हो ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत भइरहेको सेयर किनबेचको गतिविधिबाट पनि जोगिन बोर्डले आग्रह गरेको हो ।
केही व्यक्तिहरूले ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल तथा एसएमएस जस्ता माध्यमबाट सार्वजनिक निष्कासन नभइसकेका संस्थाहरूको सेयर भविष्यमा सार्वजनिक हुने भन्दै सर्वसाधारणलाई प्रि–आईपीओ नाममा सेयर खरिद गर्न प्रस्ताव गरिरहेका छन् । यस्तो किसिमको कारोबार अवैध र गैरकानुनी भएको बोर्डले स्पष्ट पारेको छ ।

























