स्क्रेबल टोली मलेसिया जाँदै 

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १४:४१
स्क्रेबल टोली मलेसिया जाँदै 

काठमाडौं । विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ ।

खेलाडीमा अर्नव पाण्डे, प्रसिद्ध तिमल्सिना, निराजन पौडेल, प्रियन दाहाल, नित्यन्त चौलागाईं, त्रिसंगी श्रेष्ठ, सम्यम केसी, जेसिका श्रेष्ठ, खुसी श्रेष्ठ, युब श्रेष्ठ, तुसान खतिवडा, आयाम सापकोटा, आदित्यजंग मल्ल र सम्यम शर्माले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यु –१६ उमेरसमूहको प्रतियोगितामा २४ चरणको खेल हुनेछ ।

वल्र्ड इङ्ग्लिस स्क्रेबल प्लेयर एसोसिएसन (वेस्पा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजेन्द्र पौडेल तथा प्रशिक्षकमा अर्जुन पाण्डे, प्रशान्त दाहाल र विनय श्रेष्ठ छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

स्क्रेबल क्लब प्रदेश खेलकुद परिषद्, गण्डकीमा दर्ता रहेको क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जनाएका छन् । स्क्रेबल अक्षरबाट शब्द बनाएर खेलिने खेल हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.