घामबहादुर विश्व आईटीएफमा निर्णायक रहने

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १५:२८
घामबहादुर विश्व आईटीएफमा निर्णायक रहने

काठमाडौं । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घामबहादुर थापाले २३ औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

अक्टोबर ३ देखि १२ तारिखसम्म इटलीको जेसोलोमा हुने प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनीत गरेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले जनाएको छ ।

उक्त प्रतियोगितामा थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० जना अम्पायर छनोट गरेको बताइएको छ ।

आईटीएफका महासचिव समेत रहेको थापा दोस्रो पटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा अम्पायरमा मनोनीत भएका हुन् ।

सन् २०१९ मा बुल्गेरियामा भएको २१ औँ संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.