कोशी प्रदेशमा माछा उत्पादन बढे पनि खपत धान्न मुस्किल

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १०:५९

विराटनगर । कोशी प्रदेशमा पछिल्ला वर्ष माछापालनको क्षेत्रफल विस्तार हुँदै जाँदा उत्पादन पनि क्रमशः बढेको छ । तर, माग र खपत धान्न भने मुस्किल परिरहेको छ ।

बढ्दो उत्पादनले पनि उपभोक्ताको आवश्यक खपत धान्न नसकेको हो । खपत धान्न नसक्दा कोशी प्रदेश अझै पनि भारतबाट आयात हुने माछामै निर्भर रहनुपर्ने बाध्यतामा छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा व्यावसायिक रूपमा सबैभन्दा बढी पालिने माछा कार्प र पङ्गास हुन् । दुवै जातको उत्पादन गत आर्थिक वर्षमा उल्लेख्य वृद्धि भएको भए पनि स्थानीय बजारको माग पूरा गर्न भने पर्याप्त हुन सकेको छैन ।

निर्देशनालयकी मत्स्य विकास अधिकृत पार्वती लिम्बूका अनुसार आर्थिक वर्ष २०८१–८२ मा कार्प जातको माछापालन २ हजार ४ सय ४२ हेक्टर क्षेत्रफलमा फैलिएको थियो । अघिल्लो वर्ष यो क्षेत्रफल २ हजार १६ हेक्टर मात्र थियो ।

कार्प उत्पादन आव २०८०–८१ मा ९ हजार ३ सय ७७ मेट्रिक टन थियो । तर, आव २०८१–८२ मा बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको लिम्बूले बताइन् ।

त्यस्तै, उपभोक्तामाझ लोकप्रिय मानिने पङ्गासको उत्पादन पनि वृद्धि भएको छ । निर्देशनालयको तथ्यांक अनुसार आव २०८०–८१ मा २ हजार ३ सय ६६ मेट्रिक टन उत्पादन भएको पङ्गास आव २०८१–८२ मा बढेर ३ हजार ३ सय ९९ मेट्रिक टन पुगेको छ ।

यस अवधिमा पङ्गास माछापालन गर्ने पोखरीको संख्या ४ सय सय ५ बाट बढेर ४ सय १३ पुगेको छ । क्षेत्रफल पनि ७८ हेक्टरबाट बढेर १ सय १० हेक्टर पुगेको छ ।

तर, हिमाली क्षेत्रमा सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घट्दो क्रममा देखिएको छ । आव २०८०–८१ मा ४३ वटा पोखरीमा ट्राउट माछा पालिएकोमा आव २०८१–८२ मा यो संख्या घटेर २९ मा झरेको निर्देशनालयले जनाएको छ ।

माछापालनलाई प्राथमिकता दिँदै आएको कोशी प्रदेश सरकारले उत्पादनमा केही प्रगति गरे पनि मागअनुसारको आपूर्ति सम्भव हुन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूका अनुसार प्रदेशमा प्रतिव्यक्ति वार्षिक माछा उपभोग ११ किलो ५ सय ग्राम हाराहारीमा छ ।

तर, उपलब्ध उत्पादन आव २०८०–८१ मा प्रतिव्यक्ति १ किलो ८ सय ग्राम मात्र थियो । २०८१–८२ मा बढेर २ केजी २६० ग्राम पुगेको छ ।

उत्पादन र खपतबीचको यो ठूलो अन्तरकै कारण प्रदेशमा अझै भारतबाट आयातित माछामै निर्भर हुनुपर्ने बाध्यता रहेको छ । हाल प्रदेशका ५६ वटा सिमसार पोखरीमा पनि माछापालन भइरहेको निर्देशनालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.