
काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले भदौ २१ र २४ गते काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ।
नेपाली टोलीमा
किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, कुशल देउवा, लकेन लिम्बू, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, रनदीप पौडेल र रोहित चन्द

























