साउथ अस्ट्रेलियामाथि नेपालको जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १४, शनिबार १५:०२

काठमाडौं । नेपाली क्रिकेट टोली साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेलमा विजयी भएको छ । शनिबार भएको खेलमा कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा विजयी भएको हो ।

साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो ।

Advertisement

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.