
विराटनगर । मोरङ इलेक्ट्रिक संघको अध्यक्षमा कैलाश विश्वास निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा सम्पन्न संघको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनले विश्वासको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्ष पवनकुमार साह, द्वितीय उपाध्यक्ष विनीता दाहाल, महासचिव ज्ञानबहादुर रावत, सचिव अभिन पोखरेल, कोषाध्यक्ष काशिन्दरप्रसाद गुप्ता चयन भए ।
त्यस्तै, सदस्यमा वासुदेव घिमिरे, गौरव बंग, चन्दनकुमार रौनियार, दीपक जोशी, चन्द्रमणि ढकाल, चेवन अधिकारी, अंकुर कनोडिया र चेतन अग्रवाल चयन भएका हुन् । कार्य समितिमा निवर्तमान अध्यक्ष राजेश अग्रवालसमेत रहने छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसाय महासंघका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी, नेपाल उद्योग वाणिज्य महासंघका देवकीनन्दन अग्रवाल, नेपाल उद्योग परिसंघका प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल साहलगायतले नवनिर्वाचित कार्य समितिलाई सफलताको शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष विश्वासले आगामी कार्यकालमा विद्युतीय व्यवसायीहरूको हकहित संरक्षण, संघको सुदृढीकरण, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

























