
विराटनगर । नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज (आइतबार) मात्रै तोलाको ३ हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । भाउ बढेसँगै प्रतितोला २ लाख ३ हजार ६ सय रूपैयाँमा सुनको कारोबार भइरहेको छ । शुक्रबार मूल्य तोलाको २ लाख ६ सय रूपैयाँ थियो ।
यता, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ६५ रूपैयाँले मूल्य बढेको हो । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको २ हजार ४ सय २५ रूपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला २ हजार ३ सय ६० रूपैयाँ थियो ।

























