
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने भएका छन् ।
उनले घरेलु मैदान (काठमाडौं) मा हुने बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण खेलपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाका अनुसार भरतले बंगलादेशविरुद्धको खेलपछि सन्यास लिने भएका हुन् । एन्फाले भनेको छ, ‘अनुभवी फरवार्ड भरत खवासले पनि टोलीसँग प्रशिक्षण गरिरहेका छन् । उनी बंगलादेशसँगको खेलपछि अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिने तयारीमा छन् । यस कारणले उनी राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना छ।’
खवासले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् ।

























