
विराटनगर । लामो समयदेखि उच्च गुणस्तरका नुडल्सका उत्पादन मार्फत उपभोक्ताको मन जित्दै आएको एसियन थाई फुड्सले नयाँ स्वादसहितको नुडल्स बजारमा उतारेको छ ।
कम्पनीले ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गर्दै मसालेदार स्वादको नयाँ अनुभव दिने दाबी गरेको छ । २५ वर्षदेखि खाद्य उद्योगमा स्थापित यो कम्पनीले नेपालका साथै तेस्रो मुलुकमा समेत आफ्ना उत्पादन निर्यात गर्दै आएको छ ।
विगत ५ वर्षदेखि निरन्तर नुडल्स निर्यातमा अग्रस्थानमा रहेको यो कम्पनीले आइतबार यो मसालेदार र स्वादिलो नुडल्स सार्वजनिक गरेको हो । एसियन थाई फुड्सले ३० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू निर्यात गर्दै आएको छ ।
कम्पनीका निर्देशक आशिष जाजुका अनुसार नयाँ नुडल्स मसालेदार स्वाद मन पराउने उपभोक्तालाई ध्यानमा राखेर तयार गरिएको हो । उनले भने, ‘यो केवल तत्कालीन नुडल्स होइन, स्वादको रोमाञ्चक यात्रा हो । गुणस्तरीय नुडल्स र सन्तुलित मसालाले यसलाई अविस्मरणीय बनाउँछ ।’
‘नेपालकै सबैभन्दा मिठो स्वाद, यो डेभिलीसिअस छ’ भन्ने ट्याग लाइनसहित ल्याइएको यो उत्पादन देशभरका प्रमुख खुद्रा पसल र अनलाइन प्लेटफर्ममार्फत उपलब्ध हुने बताइएको छ । प्रत्येक प्याकेटमा चकलेट वेफरसमेत राखिएको छ, जसले मसालेदार स्वादपछि मिठासको अनुभव थप्ने कम्पनीको विश्वास छ ।
कम्पनीका व्यवस्थापकीय निर्देशक महेश जाजुका अनुसार हालै निजी लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको कम्पनीले आइपिओ ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
उनले भने, ‘हामी नेपाली स्वादलाई विश्व बजारसम्म पुर्याउन प्रतिबद्ध छौँ । डेभिल्स हट चिकेन नुडल्स हाम्रो साहसी र सन्तुलित स्वादको पहिचान हो ।’
प्रतिप्याकेट ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको ५ प्याकेटको फ्यामेली प्याक २५० रुपैयाँमा पाइने छ ।
एसियन थाई फुड्सले दशकौँदेखि गुणस्तर र प्रामाणिक एसियाली खानाको उत्पादन गर्दै उपभोक्तालाई नयाँ नयाँ स्वादमा नवप्रवर्तन गर्दै आएको छ ।
कम्पनीले नयाँ उत्पादनमार्फत नेपाली बजारमा नुडल्सको अनुभवलाई अझ विविध र रोमाञ्चक बनाउने अपेक्षा राखेको छ ।

























