
विराटनगर । दैनिक सुनले नयाँ रेकर्ड राख्न थालेको छ । अघिल्लो दिनको तुलनामा आज (मंगलबार) तोलामा ३ सय रुपैयाँ बढैसँगै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल बजारमा मंगलबार (आज) प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४ सय ७० रुपैयाँ रहेको चाँदी आज २ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।
केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघले जनाएको छ ।

























