विकाससँगै खेलकुद क्षेत्रमा अघि बढ्दै बुढीगंगा 

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार १०:१६
विकाससँगै खेलकुद क्षेत्रमा अघि बढ्दै बुढीगंगा 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र खेलकुद क्षेत्रको विकासमा अघि बढ्दै गएको छ ।

बुढीगंगाले पूर्वाधारलाई मात्रै नभई खेल र शिक्षालाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताइएको छ ।
यसैबीच, बुढीगंगा गाउँपालिकाले आफ्नो एउटा फुटबल टोली तयार पारेसँगै मोरङका स्थानीय तहहरू मध्ये पहिलो पालिका बनेको छ जसले आफ्नो फुटबल टिम तयार गर्ने ।

यसले पनि प्रस्ट हुन्छ बुढीगंगा अब खेल क्षेत्रमा अघि बढ्दै भन्ने । उसले पालिकाका विभिन्न उमेर समूहको युवा छनोट गरी टिम तयार पारेको हो । पालिकाले बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा ‘तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान’ भन्ने मूल नाराका साथ गत असार १३ गतेदेखि असार २१ गतेसम्म वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिता आयोजना गर्नु पूर्व  जेठ २४ देखि वडा स्तरीय फुटबल खेलबाट टिम छनौट गरी ७ टिम र पालिकाका विद्यालयहरूबाट छनोट गरिएको टिमसहित ८ वटा टिम बनाएर प्रतियोगिताको आयोजना गरिएको गाउँ युवा परिषद्का अध्यक्ष पुजेश कोइरालाले जानकारी दिए ।

युवा परिषद्ले पालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा भएको खर्च विवरण सार्वजनिक गरेको छ । परिषद्का अध्यक्ष कोइरालाले प्रतियोगिता आयोजना गर्नका लागि पालिकाले १२ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

उनले प्रतियोगिताको सुरुवात वडा स्तरीय खेलाडी छनोटदेखि प्रतियोगिताको अन्तिमसम्म ११ लाख ९१ हजार ७ सय ६८ रुपैयाँ खर्च भएको मध्ये १४ हजार ७ सय १९ रुपैयाँ बराबरको खेल सामग्री सञ्चित रहेको बताए । फजुल खर्च गर्नु हुँदैन र खर्च मितव्यय हुनुपर्छ भन्ने उद्देश्यले सक्दो खर्च कम गर्दै बचत गरेका हौँ, कोइरालाले भने ।

पालिकालाई खेलकुदको माध्यमबाट एउटा समुन्नत गाउँ बनाउने अभियानका साथ पालिकाका अध्यक्षले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर खेल र खेलाडीको वृत्ति विकासको योजना अघि सारेको बताइएको छ ।

पालिकाका अध्यक्ष जितनारायण थापा मगरले अब पालिकामा हुने कुनै पनि खेलकुद ‘खेल र कुद’ अर्थात् सामान्य प्रतियोगिता गर्‍यो बजेट सक्ने मात्रै नभई एउटा खेलकुदको क्षेत्रका नामबाट परिचित बनाउने योजनाका साथ पालिका अघि बढेको बताए । उनले प्रतियोगिता गर्‍यो बजेट सक्ने मात्रै नभई थोरै प्रतियोगिता गर्ने तर, त्यसबाट ‘आउट पुट’ आउने गरी काम हुनेछ ।

यस प्रतियोगिताबाट अब पालिकाका लागि नियमित खेल्ने एउटा फुटबल टोली छनोट भएको छ । यो टोलीले पालिकाको नामबाट विभिन्न स्थानमा हुने प्रतियोगिता खेल्ने छ । युवाहरूको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटबल टिम तयार गरेको अध्यक्ष थापा मगर भने ।

एन्फाबाट मान्यता प्राप्त गरेको प्रशिक्षक राखेर फुटबल खेलको नियमित प्रशिक्षणको व्यवस्था मिलाइसकेको बताउँदै, अध्यक्ष मगरले भने, ‘यो टोलीका लागि कोच र डाइटको व्यवस्था गाउँपालिकाले गर्ने छ । अब अर्को वर्षदेखि महिला फुटबल टोली पनि बनाएर नियमित प्रशिक्षणको व्यवस्था मिलाइने छ । हाम्रो पालिका कबड्डी र कुस्तीका लागि पनि प्रख्यात छ । त्यसका लागि खेलाडीको व्यवस्थापन पनि हुनेछ । यसबाहेक अन्य खेलहरूको पनि प्रवर्द्धन गर्ने योजना छ भने अब पालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने छ । ’

८ वर्ष उमेर समूहका खेलाडीहरूलाई समेटेर पालिकाले एउटा क्लब बनाएको छ । चाँडै अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने सोच रहेको उनले बताए ।

बुढीगंगा गाउँपालिकाअन्तर्गतको गाउँ युवा परिषद्ले गत असार १३ देखि २१ गतेसम्म आयोजना गरेको वडा स्तरीय फुटबल प्रतियोगिताबाट ३२ जना खेलाडी छनौट गरी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

प्रारम्भिक चरणमा आएका २ सय खेलाडीबाट छनौट गरी ३२ जना खेलाडी गाउँपालिकालाई हस्तान्तरण गरेको परिषद्का अध्यक्ष कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.