ताजिकिस्तानसँग नेपाल पराजित 

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार ०९:५०

काठमाडौं । एएफसी यु २३ एसियन कप छनोट खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ ।

बुधबार राति ताजिकिस्तानमा भएको खेलमा नेपाली टोलीले हारबाट एसियन कप छनोटको सुरुवात गरेको हो । आयोजक ताजिकिस्तानले नेपाललाई ४–० गोलको फराकिलो अन्तरमा हराउँदै जितको यात्रा सुरुवात गरेको छ ।
ताजिकिस्तानका लागि मुहम्मदल अजिजबोएभले २, रहमतशो रहमत जोदा र दलेर शारिपोभले समान १ गोल गरे । पहिलो हाफमा नेपाल १ गोलले मात्र पछाडि थियो ।

खेलको ३० औँ मिनेटमा ताजकिस्तानले पहिलो गोल गर्याे । कामोलोभ अमादोनीले  नेपाली टोलीका कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्स नजिकबाट दिएको पासमा अजिजबोएभले गोल गरे ।

५८ औँ मिनेटमा कामोलोभले कप्तान सुमितलाई नै बिट गर्दै दिएको पासलाई अजिजबोएभले सिक्स यार्ड बक्सबाट हेडमार्फत गोल थपे ।

अन्तिममा सम्हालिन नेपालले नसक्दा २ मिनेटमा २ गोलको सामना गर्याे । ८९ औँ मिनेटमा रहमतजोदाले तेस्रो गोल गरेका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमा शारिपोभले गोल गरेपछि ताजिकिस्तानले सानदार जित भएको हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.