
विराटनगर । सुनचाँदीको मूल्यले आज (शुक्रबार) नयाँ रेकर्ड कायम गरेको छ । केही समययता सुनचाँदीको मूल्य बढिरहेको छ । यद्यपि, बिहीबार भने मूल्य बढेको थिएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको २ हजार ३ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन २ लाख ७ हजार ९ सय रूपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको १० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ४ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार तोलाको २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

























