
काठमाडौं । नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आएको बंगलादेशको टोली बिहीबार (आज) स्वदेश फर्कँदै छ ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेशको टोली स्वदेश फर्किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
मंगलबार फर्किनुपर्ने टोली विमानस्थल बन्द भएका कारण अलपत्र परेको थियो ।
जेनजी आन्दोलनका कारण नेपाल र बंगलादेशबीच हुने भनिएको दोस्रो मैत्रीपूर्ण फुटबल रद्द भएको थियो ।

























