
विराटनगर । स्थानीय बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । चाँदीका् बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला ७ सय रूपैयाँले घटेको हो ।
आइतबार सुन प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला दुई हजार पाँच सय ६५ रूपैयाँ कारोबार भएको चाँदी आइतबार तोलाको दुई हजार पाँच सय ७० रूपैयाँ पुगेको छ ।

























