
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।
सुनको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेसँगै सुनको मूल्य तोलाको २ लाख १७ हजार १ सय रूपैयाँ पुगेको छ । सोमबार प्रतितोला २ लाख १५ हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलको २० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय १५ रूपैयाँ कायम भएको छ । चाँदी सोमबार प्रतितोला २ हजार ५ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

























