
विराटनगर । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
अघिल्लो दिनेको तुलनामा आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । आज सुन घटेसँगै २ लाख १६ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीमा ४५ रुपैयाँले घटेर तोलामा २ हजार ५ सय ५० रुपैयाँ पुगेको संघले जनाएको छ ।

























