नेपालका ४ सय ३४ खेलाडी एसियाडका लागि पहिलो सूचीमा 

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार २०:०५
नेपालका ४ सय ३४ खेलाडी एसियाडका लागि पहिलो सूचीमा 

काठमाडौं । एसियाली खेलकुद (एसियाड)का लागि पहिलो सूचीमा नेपाली ४ सय ३४ जना खेलाडी दर्ता भएका छन् ।

सन् २०२६ मा जापानमा हुने २० औँ एसियाडका लागि ३२ खेलका ४ सय ३४ खेलाडीको नाम दर्ता भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विज्ञप्ति जारी गर्दै ३२ खेलमा १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको नाम पहिलो सूचीमा दर्ता भएको जनाएको छ ।

एनओसीका महासचिव राजीव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा  लोकप्रिय र पदकको सम्भावना भएको खेलका खेलाडीहरू खेल्नबाट वञ्चित नहोस् भनेर सहभागिताका लागि संघलाई पुनः पत्राचार गरिएको जसमा तेक्वान्दो र फुटबलले सहभागिताका लागि खेलाडीको संख्या र इभेन्टसहित पठाइएको पत्रको आधारमा आयोजक कमिटीलाई २ खेल थपका लागि अनुरोध गरिएको छ ।

खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो । यसअघि एनओसीले ३० खेल दर्ता गराए पनि त्यस बेला फुटबल र तेक्वान्दो दर्ता प्रक्रियामा सामेल भएनन् ।

खेल दर्ताका लागि अनुरोधसहित तेक्वान्दो र फुटबलको खेलाडी संख्या ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मा पठाएको बताइएको छ । फुटबलको महिला र पुरुष दुवै टोलीको खेलाडी संख्या दर्ताका लागि पठाएको छ ।

यसअघि दर्ता भएका ३० खेलमध्ये एथलेटिक्सले खेलाडी संख्या नपठाएपछि महिला र पुरुषको म्याराथनका लागि १ र १ खेलाडी मात्र एनओसी आफैले राखेर पठाएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.