राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २, बिहीबार १७:२७
राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ ।

यो आर्थिक वर्षको प्रशिक्षण भदौ १ गतेदेखि सुरु भइसकेको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनले उत्पन्न परिस्थितिका कारण ५ दिन प्रशिक्षण हुन सकेन ।

‘आन्दोलनको दोस्रो दिन भदौ २४ गते पनि खेलाडीहरू बिहान प्रशिक्षणका लागि आएका थिए । आन्दोलनले गर्दा स्थिति असहज बन्दै गएपछि खेलाडी फर्के, श्रेष्ठले भने, ‘त्यसपछि भदौ २९ गतेदेखि प्रशिक्षण पुनः सुचारु भएको हो ।’

विशेष प्रशिक्षणमा कराँते, तेक्वान्दो (पारासहित), जुडो, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका १ सय १० खेलाडी सहभागी छन् । त्यसमा ४४ पुरुष र ६६ महिला छन् । ९ खेलका लागि १८ प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।

जापानको आइची / नागोयामा हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित १९ औँ एसियाली खेलकुद सम्पन्न भए लगत्तै जापान एसियाडका लागि विशेष प्रशिक्षण सुरु गरिएको थियो ।

कुनै पनि एसियाली खेलकुद सकिए लगत्तै आगामी संस्करणका लागि यति लामो तयारी प्रशिक्षण गरिएको पहिलो पटक हो । विशेष प्रशिक्षण २०८० माघ १५ गतेदेखि सुरु भएको थियो । १९ औँ संस्करणको एसियाली खेलकुद २०८० असोज ६ देखि २१ गतेसम्म चीनको हाङझावमा भएको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.