
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको ८ सय रूपैयाँले मूल्य वृद्धि भएको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख १६ हजार रूपैयाँ पुगेको हो । बिहीबार तोलाको २ लाख १५ हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ६० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ८० रूपैयाँ कायम भएको छ । बिहीबार तोलाको २ लाख ५ सय २० रूपैयाँमा कारोबार भएको थियो ।

























