नेप्सेमा नकारात्मक सर्किट अध्ययन गर्न कार्यदल

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३, शुक्रबार १६:१०

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक खुलेको सेयर बजारमा बिहीबार लगातार ३ पटकसम्म नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन् ।

कारोबार सुरु भएको केही समयमै नेप्से परिसूचकमा तीव्र गिरावट आएपछि मन्त्रालयले आकस्मिक कदम चालेको हो । अर्थमन्त्री खनालले तत्कालै अध्ययन कार्यदल गठन गर्दै बजारमा देखिएको असामान्य अवस्थाको मूल कारण पत्ता लगाउन निर्देशन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुँयाल सदस्य र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिव रहेका छन् । कार्यदलले पुँजी बजारमा उत्पन्न समस्या र विकृति अध्ययन गरेर आम लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल लिनुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारबारे सुझाव पेस गर्नेछ।

साथै, ठोस कार्यान्वयन कार्ययोजना पनि तयार गर्नेछ । अर्थ मन्त्रालयले ५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ । यसले बजार स्थिरता र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने ठोस उपायसमेत सुझाउने अपेक्षा लिइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.