तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार १८:१९
तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल

विराटनगर । नेपाल तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल पुनः निर्वाचित भएका छन् ।

विराटनगरको फ्युजन तेक्वान्दो एकेडेमीमा शनिबार भएको चौथो जिल्ला अधिवेशनबाट नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । नेपाल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षद्वय तीर्थराज पोखरेल र ईश्वर बास्कोटा तथा कोषाध्यक्षमा सिर्जना सत्याल चयन भए ।
त्यस्तै, सदस्यमा सेविका अधिकारी, विक्रम माझी, निरकुमार श्रेष्ठ, सुजन कार्की, सूर्यप्रसाद दंगाल, निर्मला श्रेष्ठ र हिमबहादुर कटुवाल सर्वसम्मत चयन भएका छन् ।

निर्वाचितपछि बोल्दै अध्यक्ष नेपालले भने, ‘सबै मोरङका डोजाङ, खेलाडीलगायत जसले मलाई विश्वास गरेर थप एक कार्यकालका लागि अध्यक्ष बनाउनु भयो । त्यसका लागि धन्यवाद दिन्छु । हिजो भएका कमीकमजोरीलाई सुधार्दै आगामी दिनमा अझ मोरङ तेक्वान्दो संघलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सबैसँग सल्लाहका साथ अघि बढ्ने छु । खेल र खेलाडीको विकासका लागि यो समिति दत्तचित्त भए लाग्ने विश्वास पनि यहाँहरूलाई दिलाउन चाहन्छु ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.