
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
केही समययता सुनको मूल्यमा दैनिक वृद्धि भइरहेको छ । आइतबार तोलाको १ हजार हजार १ सय रूपैयाँले मूल्य वृद्धि भएको छ ।
भाउ बढेसँगै सुन प्रतितोला २ लाख १७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको २ लाख १६ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४० रूपैयाँले मूल्य बढेको हो ।
भाउ बढेसँगै चाँदी तोलाको २ हजार ६ सय २० रूपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला २ हजार ५ सय ८० रूपैयाँ थियो ।

























