निजी क्षेत्रमा ८० अर्बको क्षति, पुनःनिर्माणमा साथ दिने प्रधानमन्त्री कार्कीको आश्वासन

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १६:२६

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र उद्योगी–व्यवसायीबीच भएको छलफलमा व्यवसायीहरूले आन्दोलनले पारेको असरबारे विस्तृत जानकारी गराएका थिए । प्रधानमन्त्री कार्कीले व्यवसायीहरूसँगको छलफलमा निजी क्षेत्रलाई सदैव साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आन्दोलनका कारण भएको क्षतिप्रति दुःख प्रकट गर्दै प्रभावित उद्योग तथा व्यवसायको पुनःउत्थानका लागि सरकार तयार रहेको बताइन् । उद्योगी–व्यवसायीहरूले छलफलमा कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा उपलब्ध गराउन, लगानी प्रोत्साहनका लागि कर छुट दिन र प्रभावित व्यवसायलाई राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरे ।

साथै, सुरक्षित र स्थिर वातावरणमा काम गर्नसक्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुझावलाई सकारात्मक रूपमा लिएकी छन् । उनले सरकारको प्रतिबद्धताबाट निजी क्षेत्र आशावादी बनेको उल्लेख गरे ।

व्यवसायीहरूले आन्दोलनका क्रममा घुसपैठ गर्ने समूहका कारण ठूलो जनधनको क्षति भएको भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि जोड दिएका छन् । व्यवसायलाई सम्मानजनक ढंगले सञ्चालन गर्न सुरक्षाको सुनिश्चितता अत्यावश्यक रहेको उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.