नेपाली टोलीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १९:००
नेपाली टोलीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपालका ४ खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।

विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, सांगे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्ने भएका हुन् ।

स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिखसम्म सञ्चालन हुँदैछ । भिसाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।

नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरियताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । ४ जना खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम म्यानेजर प्रीति खत्रीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताइन् । मुख्य मापदण्डको रूपमा आईटीआरए र्याङकिङलाई प्राथमिकता दिइएको छ ।

छनोट प्रक्रिया जर्मनीसहित अन्य सहभागी देशहरूसँग मेल खान्छ । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आईटीआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष ३ पुरुष र महिला खेलाडी छनोट भएका हुन् ।

उनले नेपाली खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेको बताइन् ।

महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । उनका अनुसार फरक खेल विधाको रूपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीहरूले पुन :  विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दै छन् ।

नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रदर्शनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तर्राष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको, अध्यक्ष कुँवरले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.