
विराटनगर । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ९ सय रूपैयाँले बढेको छ । केही समययता सुनको मूल्यवृद्धि भइरहेको छ ।
तर, पछिल्लो समय एकैदिन यति धेरै मूल्य बढेको पहिलोपटक हो । भाउ बढेसँगै आज (मंगलबार) सुन तोलाको २ लाख २१ हजार ७ सय रूपैयाँ पुगेको छ । सोमबार २ लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ३० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको २ हजार ६ सय ५० रूपैयाँ थियो ।

























