विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार बरामद

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १४:४५

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको नेपाली १४ लाख ५० हजार रूपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ ल्याइएको अवैध रकम प्रहरीले मंगलबार दिउँसो १२ः४५ बजेतिर बरामद गरेको हो ।

विराटनगर महानगरपालिका–१७ बाट ठूलो मात्रामा रकम बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको जानकारी चुँडालले दिइन् । उनका अनुसार साहको साथबाट १ हजार दरका २ सय ८४ र ५ सय दरका २ हजार ३ सय ३२ वटा नेपाली नोट बरामद भएको छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले साहलाई पनि नियन्त्रणमा लिएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अवैध रूपमा बरामद भएको रकमको स्रोत पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी चुँडालले दिइन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.