नोट बन्दीबारे कुनै छलफल भएको छैन : अर्थमन्त्री खनाल

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ८, बुधबार १६:१७

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटलाई नोट बन्दी गर्ने भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यसबारे सरकारले कुनै छलफल नै नगरेको बताए । उनले भने, ‘हजार र ५ सयका नोट प्रतिबन्ध लगाउने विषयमा अहिले कुनै छलफल भएको छैन । त्यसैले यो विषय निराधार हो ।’

भारत सरकारले लागू गरेको एकीकृत कर प्रणाली गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी)को असरबारे प्रश्न सोध्दा अर्थमन्त्री खनालले तत्कालीन अवस्थामा नेपाली उद्योग व्यवसायलाई ठूलो क्षति नपुग्ने देखिएको बताए । तर, यदि असर देखिए सुधारका उपाय अवलम्बन गरिने आश्वासन समेत उनले दिए ।

त्यस्तै, संविधानअनुसार बनेका प्रदेश संरचना खारेज गर्ने चर्चा उठेको सन्दर्भमा उनले त्यो असम्भव भएको स्पष्ट पारे । ‘प्रदेश संरचना संविधानले व्यवस्था गरेको विषय हो । त्यसलाई खारेज गर्ने सोच अहिले सरकारले राखेको छैन,’ मन्त्री खनालले भने ।

उनका अनुसार प्रदेश संरचना पूर्णतः राजनीतिक विषय भएकाले यसबारे कुनै प्रकारको पुनर्विचार सरकारको कार्यसूचीमा नरहेको हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.