
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टोली घोषणा भएको छ।
शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीमा ३५ जना खेलाडीको घोषणा गरेका छन् । कात्तिक ९ गते नेपाल र भारतबीच सिक्किममा मैत्रीपूर्ण खेल हुनेछ ।
यी हुन् नेपाली टोली :
गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, र लीला जोशी छन् ।
डिफेन्डर : निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिराकुमारी भुजेल र नेहाकुमारी चौधरी ।
मिडफिलडर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार र सुक्रिया मियाँ ।
फरवार्डर : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र साबित्रा भण्डारी छन् ।

























