बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मानित

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार १८:१५
बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराँते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ ।

विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अधिकांश फुल कन्ट्याक्ट कराँतेका खेलाडी हुन् ।

सम्मानित हुनेमा अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा रहेका छन् ।

बविता, रोचक र पूजाले किक बक्सिङ र फुल कन्ट्याक्ट विधामा स्वर्ण, सागरले किक बक्सिङमा स्वर्ण फुल कन्ट्याक्टमा रजत तथा सुदर्शनले किक बक्सिङमा रजत फुल कन्ट्याक्टमा स्वर्ण हात पारेका थिए । सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउत क्षेत्रीलाई पनि सम्मान गरियो ।

श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको खुला तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका शनि सिंह, जापानमा भएको तेजुका कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको एकल कातामा कांस्य विजेता दावा शेर्पा र थाइल्यान्डमा भएको १२ औँ विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेन्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापित पनि सम्मानित भए ।

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई पनि सम्मान गरियो ।

उनीहरूलाई नेपाल क्योकुसिन कराँते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी र नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराँते संघका अध्यक्ष वीरकृष्ण महर्जनले सम्मान गरे ।

सो अवसरमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराँते महासंघका कोषाध्यक्ष समेत रहेका महर्जनले तिहारपछि महासंघले आकर्षक पुरस्कार राशिको प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।

महासंघका अध्यक्ष बुढाथोकीले फुल कन्ट्याक्ट कराँतेलाई राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्न महासंघले पहल गर्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.