
काठमाडौं । नियम विपरीत सुविधा लिइरहेका केही पूर्वअधिकारीले सवारीसाधन फिर्ता गरेकाे अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बताएका छन् ।
पूर्वसभामुख/राष्ट्रियसभाका पूर्वअध्यक्षहरूमध्ये कृष्णबहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरेका उनले जानकारी दिए ।
“कानुनमा सवारीसाधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रियसभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तीज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,” उनले मंगलबार फेसबुकमा लेखेका छन् ।

























