मलेसियासँग हार्याे नेपाली टाेली

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन १६, बिहीबार १६:२९

काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टाेली ३ रनले मलेसियासँग पराजित भएको छ ।

बिहीबार मलेसियाको बेयुमास ओभलमा भएको रोमाञ्चक खेलमा मलेसियाले नेपाललाई तीन रनले हराएको हो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाइन् । ऐन्ना हमिजाह हाशिमले २६ रन तथा मस एलिसाले २५ रनको योगदान दिइन् ।

जितका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.