
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार (आज) भियतनाम प्रस्थान गरेको छ । एएफसी एसियन कप छनोट खेल खेल्नका लागि नेपाली टोली भियतनाम प्रस्थान गरेको हो ।
नेपाल र भियतनामले अक्टोबर ९ र १४ गते एएफसी एसियन कप छनोट खेल खेल्ने छ । मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।
दुवै खेल भियतनामको बिन दुङ रंगशालामा हुनेछ। होम एन्ड अबे प्रणालीमा हुने भनिएको म्याच नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला खेल्न अयोग्य ठहर भएपछि दुवै खेल भियतनामको मैदानमा हुन लागेको हो ।
टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बू सिधै भियतनाम पुग्ने बताइएको छ । टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना रहेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोली
किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पीजंग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।

























