
काठमाडौं । मलेसियालाई पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले टी– २० आई सिरिज जितेको छ ।
बुधबार बिहान भएको पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३(२ ले जितेको हो ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।
नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो । दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।

























