
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । सुन र चाँदीकै मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार २ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ३९ हजार २ सय रूपैयाँ पुगेको छ । बुधबार प्रतितोला २ लाख ३८ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला चाँदी ७० रूपैयाँले बढेको हो । भाउ बढेसँगै चाँदी तोलाको ३ हजार २५ रूपैयाँ पुगेको छ । बुधबार २ हजार ९ सय ५५ रूपैयाँ प्रतितोला थियो ।

























