विश्वकप छनाेट : सुपर सिक्समा पुगेकाे नेपालले जापानसँग खेल्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २४, शुक्रबार ०६:२८

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालले आज जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिम सुपर सिक्समा पुगिसकेको छ । सुपर थ्री मा रहने टाेली विश्वकपमा छनाेट हुनेछ ।

बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ ।

Advertisement

समूह ‘बी’मा रहेको नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सुपर–६ मा प्रवेश गर्नेछ ।

जापान पनि लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

छनोटअघि नेपालले तयारीस्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.