
काठमाडौं । स्कटल्यान्डको क्रिकेट टोलीका ओपनिङ ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले मन्सेलाई अनुबन्ध गरेको जनाएको हो ।
३२ वर्षीय मन्से बाँयाहाते ब्याटर हुन् । उनले स्कटल्यान्डका लागि ८१ टी– २०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३०२ रन बनाएका छन् । समग्र टी– २० मा १०२ खेल खेल्दा २६४८ रन बनाएका छन् ।
मन्सेले दुबई क्यापिटल्स, कराची किङ्स, चेन्नई ब्रेभ्स, ब्राम्पटन वुल्भ्स, सिल्हेट स्ट्राइकर्सलगायतको टोलीबाट खेलिसकेका छन् ।
गत सिजन विराटनगरले न्युजिल्यान्डका खेलाडी मार्टिन गप्टिललाई टोलीमा समावेश गरेको थियो ।
एनपीएल २०२५ मंसिर १ देखि २७ सम्म हुँदैछ ।

























